Social Activities

Other Social Activities Will Be Updated Soon. Please Check Back Again Later.

 म्याग्दीको रुम-६ बेलीमा रहेको स्कुललाई प्राबिधिक सहयोग हस्तान्तरण
                                               मगर मिडिया, काठमाडौँ
म्याग्दीको अति बिकट गाउँ रुम—६ बेलीमा रहेको ज्ञान विकास प्राथमिक विद्यालयमा ५ लाख बराबरको प्राबिधिक सहयोग हस्तान्तरण गरिएको छ । मगर्स कृयसन नेपालको संयोजन र रोजगारको सिलसिलामा इजरायलमा रहेकी विष्णु पुन मगरको सक्रियतामा सुरू गरिएको अभियानबाट संकलित रकमबाट विद्यालयलाई दुईसेट सेलार, कम्यूटर सेट, फोटोकपी दुईवटा ब्याट्टी र इन्भर्टर सहितका आवश्यक शैक्षिक साम्रागी हस्तान्तरण गरिएको हो । मगर्स कृयसन कै संयोजनमा स्कुलमा गरिएको कार्यक्रममा गाउँका जेष्ठ नागरिक, समाजसेवी एवं बिष्णु पुनको हजुरबुबा श्री शिवलाल पुनले कम्यूटरको पावर बटन थिचेर कम्प्युटर सन्चालन गर्दै उद्घाटन गरेका थिए । गाउँकै जेष्ठ नागरिकले कम्यूटर छोएर कार्यक्रमको उद्घाटन गरेको हेर्न बेली गाउँका सबैजसो घर धुरीबाट विद्यालयमा पुगेका थिए ।

गाउँको विद्यालयलाई सहयोग भित्रिएपछि सहयोग संकलन अभियानकी विष्णु पुनमगरका हजुरवावा शिवलाल पुन, पिता लालु पुन, आमा भिमसरा पुन सहित कार्यक्रममा उपस्थित भएका अतिथिलाई आमा समुह सहित गाउँलेले घरबाट भब्य स्वागत सहित विद्यालयमा पु¥याएका थिए । कार्यक्रममा प्रमुख अतिथि मगर्स कृयसनका संस्थापक आशिर्वाद पुनमगरले विद्यालयलाई आवश्यक पर्ने पुर्वाधार जुटाउन भविस्यमा समेत निरन्तर सहयोग संकलन गरिने बताए । त्यसैगरी विशिष्ट अतिथि मगर संघ म्याग्दीका सचिव लोकेश पुनमगरले सहयोगलाई सदुपयोग गर्न अनुरोध गरे । उनले विद्यालयमा आवश्यक रहेका उपकरणले शैक्षिक गतिविधिलाई अगाडी बढाउन समेत महत्वपुर्ण भूमिका निवार्ह गर्ने बताए । त्यसैगरी ओमकुमारी शान्ति कोषका उपाध्यक्ष एवम् पत्रकार हरिकृष्ण गौतमले विद्यार्थीको पठनस्तरमा सुधार ल्याउन आधुनिक प्रविधिको समेत प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीलाई पढ्ने बानीको विकास गराउने गरी कम्यूटर शिक्षालाई समेत प्राथमिकता राख्नुपर्नेमा जोड दिए । सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीयले लोपउन्मुख मारुनी नृत्य सहित विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।

News At: http://magarmedia.com/?p=1493

 

 

मगर्स क्रियशन कम्पनी द्वारा संचालित कार्यक्रममा Dr. महाबीर पुनज्यु लाई मगर संघ इजरायलले सहयोग र रकम हस्तान्तरण गरियो|

Magars Creation Initiative Does Many Social Works. These Are Some Of The Photos Of Our Activities.


Better Nepal
द मगर क्रिएशनका CEO, निर्माता तथा समाजसेवि आशीर्वाद पुनज्यू बाट हाम्रो संस्था बेटर नेपाललाई रु ५०००, प्राप्त भएको छ । उहाँको यस सहयोगको उच्च कदर गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गर्दै उहाँले गर्नुभएको सहयोगको निम्ति बेटर नेपाल परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।


अनाथ बालकहरुका लागी १० हजार सहयोग

दाङ, २९ असोज । आमाबुवा गुमाएका दाङ घोराही नगरपालिका– ६ ढोडेनीका २ बालकहरुको पढाइका लागी मगर्स क्रियशन काठमाण्डौले १० हजार रुपैयाँ सहयोग गरेको छ । ति २ वालकको पढाइका लागी मगर पत्रकार संघ दाङले पहल थालेपछि मगर्स क्रियशनले वैकमार्फत उक्त सहयोग रकम पठाएको थियो । – See more at: http://indrenionline.com/2016/10/15/16382/#sthash.9NTFEYNX.dpuf

कमाउन भनी विदेशमा पुगेका बुवा चन्द्र वहादुर बुढा मगरको मृत्यु भएको २ वर्षमै आमा पवित्राको पनि हृदयघातका कारण मृत्यु भएपछि १० वर्षका सुरेन्द्र वुढा र उनका ५ बर्षका भाई शरदको विचल्ली भएको छ । उक्त रकम सुरेन्द्र र शरदलाइ हस्तान्तरण गरिएको संघका अध्यक्ष रेखा मगरले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर रहेको उक्त परिवारमा अभिभावकको मृत्युपछि समस्या थपिएको छ । घोराहीस्थित लालीगुराँस बोर्डिङ स्कुलमा अध्ययनरत सुरेन्द्र र शरदको घरबाटै स्कुल गएर पढ्न सक्ने अवस्था नरहेपछि होस्टेल सहितको विद्यालयमा पढाउने व्यवस्थाका लागी पहल भइरहेको छ ।। – See more at: http://indrenionline.com/2016/10/15/16382/#sthash.9NTFEYNX.dpuf

Other Social Activities Will Be Updated Soon. Please Check Back Again Later.