Nepali Ethnic Languages Courses.

We provide different Nepali Ethnic Languages course packages to contribute in preservation of various indigenous cultures. It is an attempt to sustain the treasure of ethnicity for the future generation.

Here, the company will be organizing events in future. Basically, Magars Creation Company maintains the social activities with strong vision in creating opportunities investing in our own country, participating in nation building being self-dependent.

ललितपुरमा १५ दिने मगर भाषा कक्षा संचालन !
काठमाण्डौ, आषढ १९

१५ दिने मगर भाषा प्रशिक्षण कक्षा ललितपुरमा चलिरहेको छ । मगर सेवा समाज ललितपुरको आयोजनामा र मगर्स क्रियसन कम्पनीको सहकार्यमा संचालन भएको भाषा कक्षामा ३० जना पशिक्षार्थी सहभागी रहेका छन् । गत शनिबारबाट मगर समाज सेवा केन्द्र नेपालको कार्यालय ललितपुर १४ रानी बुँमा सुरु भएको भाषा कक्षामा सहभागीहरुले निकै उत्साहपुर्ण रुपमा सिकिरहेको प्रशिक्षक श्याम रानाले बताउनुभयो । अर्का प्रशिक्षक भिम राना मगरले प्रशिक्षार्थीहरुको आफ्नो मातृ भाषाप्रतीको मोह र सिक्ने लगाव देखेर आफुहरु खुसी भएको र उत्साही बनेको बताउनुभयो ।

पछिल्लो समय आफ्नो समुदायको पहिचान नै भाषाको कारण समस्यामा परेको र लोप हुने खतरा रहेको बुझेका मगर समुदायका व्यक्तिहरु अहिले आफ्नो भाषा र कला संस्कृति प्रती सचेत हुन थालेका छन् । भाषा जोगाउन सके समुदायको कला संस्कृति, मौलिक परम्परा र पहिचान जोगाउन सकिन्छ भन्ने ध्येयले विभिन्न संघ संस्था र व्यक्तिहरुले भाषा कक्षाको आयोजना गर्नेक्रम बढेको छ । ललितपुर सेवा समाजले पनि मगर्स क्रियसन कम्पनीको सहकार्यमा समुदायलाई सुसुचित र जागरुक बनाउँदै पहिचान जगेर्ना गर्ने कार्यमा सहयोग गर्ने उद्देश्यले भाषा कक्षाको आयोजना गरेको सो सेवा समाजका अध्यक्ष श्री प्रसाद वुढाथोकी मगरले उघ्घाटन समारोमा बताउनुभएको थियो । त्यस्तै सो कार्यमा देशभरमै स्थानिय सम्वन्धित पक्ष तथा संघ संस्थासंग साझेदारी गर्दै अगाडी बढ्ने कम्पनीका व्यवस्थापक आसिर्वाद पुन मगरले बताउनुभयो ।यसअघी कम्पनीको साझेदारीमा काठमाण्डौमै र नवलपरासीमा भाषा कक्षा सम्पन्न गरिसकेको छ । भने देशैभरी यसलाई अभियानकै रुपमा संचालन गर्ने योजना रहेको पनि व्यवस्थापक मगरले जानकारी दिनुभयो ।

मगर्स क्रियशन कम्पनी प्रा.ली.को आर्थिक सहयोगमा नेपाल मगर लेखक संघ अञ्चल समिति लुम्विनि र नेपाल मगर संघ जिल्ला कार्य समिति नवलपरासीको आयोजनामा सञ्चालित मगर ढुट प्रशिक्षण कार्यक्रमको समापन समारोहमा कम्पनीको तर्फबाट विशेष अतिथिको रुपमा उपस्थित भएर उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्ने अवसर मिल्यो । हामीसँग सहकार्य गर्ने अवसर आयोजक समितिले दिएकोमा व्यक्तिगत तर्फबाट र सिङ्गो मगर्स क्रियशन कम्पनीको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।



 

 

ब्यवसायिक सफलताको साथ साथै, हामीले हाम्रो समुदायको लागि पनि केहि गर्नु पर्छ भन्ने उद्देश्यले मगर्स क्रियशन कम्पनिको सामाजिक परियोजना (Social Initiative) अन्तर्गत नेपालको सातै प्रदेशमा संचालन हुन गै रहेको “मगर भाषा प्रशिक्षण कार्यक्रम” मध्ये यहि २०७४ जेष्ठ ६ गते शनिबार देखि नवलपरासीको कावासोतीमा सुरु भएको पहिलो “१५ दिने मगर भाषा प्रशिक्षण” कार्यक्रम |
हामी आभारी छौं –
नेपाल मगर लेखक संघ अंचल समिति लुम्बिनी, नेपाल मगर संघ जिल्ला समिति नवलपरासी, नेपाल मगर संघ केन्द्र र मगर्स क्रियशनको भाषिक प्रशिक्षण संयोजक हेमा आलेमगर ज्यु प्रति हामी हृदय देखि नै आभारी छौं
|
Thank you.
Magars Creation Social Initiative
(Giving Back To The Community Fund)
Bag Bazaar 31, Kathmandu Nepal.
Tel: +977-1-4240141 Extn: 809, 810, 808
Mob: +977-9808334712, 9843770385