Past Events

Magars Creation Company is a multipurpose company equally it always organizes different programs. Here are the list of some of the events that company has successfully conducted.

नेपाली लोक गीतसंगीत क्षेत्रका वरिष्ठ व्यक्तित्व खड्ग गर्वुजा मगरको एकल गायन ऐतिहासिक कार्यक्रम प्रज्ञा भवन कमलादीमा। उहाँको स्वर अनि गीतले जति मन छुन्छ त्यसको पछाडी लुकेको उहाँको जिवनकहानीले उत्तिकै मन छुन्छ अनि रुवाउँछ । वरिष्ठ लोकगायक मात्र नभई सवैको एक प्रेरक व्यक्ति खड्ग दाई उहाँको नेपाली लोकगीतसँगीतको क्षेत्रको उचाई अझै चुलिदैँ जाओस।

नेपाली लोक गीत संगीतको बरिष्ठ एबम चर्चित गायिका तथा अभिनेत्री “कविता आले मगर एकल सांगीतिक साँझ २०७३” मा मगर्स क्रियशन कम्पनी द्वारा सहयोग। राष्ट्रिय नाँचघर, जमल, काठमाडौँ ।

 म्याग्दीको रुम-६ बेलीमा रहेको स्कुललाई प्राबिधिक सहयोग हस्तान्तरण
                                               मगर मिडिया, काठमाडौँ
म्याग्दीको अति बिकट गाउँ रुम—६ बेलीमा रहेको ज्ञान विकास प्राथमिक विद्यालयमा ५ लाख बराबरको प्राबिधिक सहयोग हस्तान्तरण गरिएको छ । मगर्स कृयसन नेपालको संयोजन र रोजगारको सिलसिलामा इजरायलमा रहेकी विष्णु पुन मगरको सक्रियतामा सुरू गरिएको अभियानबाट संकलित रकमबाट विद्यालयलाई दुईसेट सेलार, कम्यूटर सेट, फोटोकपी दुईवटा ब्याट्टी र इन्भर्टर सहितका आवश्यक शैक्षिक साम्रागी हस्तान्तरण गरिएको हो । मगर्स कृयसन कै संयोजनमा स्कुलमा गरिएको कार्यक्रममा गाउँका जेष्ठ नागरिक, समाजसेवी एवं बिष्णु पुनको हजुरबुबा श्री शिवलाल पुनले कम्यूटरको पावर बटन थिचेर कम्प्युटर सन्चालन गर्दै उद्घाटन गरेका थिए । गाउँकै जेष्ठ नागरिकले कम्यूटर छोएर कार्यक्रमको उद्घाटन गरेको हेर्न बेली गाउँका सबैजसो घर धुरीबाट विद्यालयमा पुगेका थिए ।

गाउँको विद्यालयलाई सहयोग भित्रिएपछि सहयोग संकलन अभियानकी विष्णु पुनमगरका हजुरवावा शिवलाल पुन, पिता लालु पुन, आमा भिमसरा पुन सहित कार्यक्रममा उपस्थित भएका अतिथिलाई आमा समुह सहित गाउँलेले घरबाट भब्य स्वागत सहित विद्यालयमा पु¥याएका थिए । कार्यक्रममा प्रमुख अतिथि मगर्स कृयसनका संस्थापक आशिर्वाद पुनमगरले विद्यालयलाई आवश्यक पर्ने पुर्वाधार जुटाउन भविस्यमा समेत निरन्तर सहयोग संकलन गरिने बताए । त्यसैगरी विशिष्ट अतिथि मगर संघ म्याग्दीका सचिव लोकेश पुनमगरले सहयोगलाई सदुपयोग गर्न अनुरोध गरे । उनले विद्यालयमा आवश्यक रहेका उपकरणले शैक्षिक गतिविधिलाई अगाडी बढाउन समेत महत्वपुर्ण भूमिका निवार्ह गर्ने बताए । त्यसैगरी ओमकुमारी शान्ति कोषका उपाध्यक्ष एवम् पत्रकार हरिकृष्ण गौतमले विद्यार्थीको पठनस्तरमा सुधार ल्याउन आधुनिक प्रविधिको समेत प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीलाई पढ्ने बानीको विकास गराउने गरी कम्यूटर शिक्षालाई समेत प्राथमिकता राख्नुपर्नेमा जोड दिए । सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीयले लोपउन्मुख मारुनी नृत्य सहित विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।

News At: http://magarmedia.com/?p=1493

 

 

 

Better Nepal
द मगर क्रिएशनका CEO, निर्माता तथा समाजसेवि आशीर्वाद पुनज्यू बाट हाम्रो संस्था बेटर नेपाललाई रु ५०००, प्राप्त भएको छ । उहाँको यस सहयोगको उच्च कदर गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गर्दै उहाँले गर्नुभएको सहयोगको निम्ति बेटर नेपाल परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।